काठमाडौँ । बेलायतमा एकै दिन एक हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएपछि दोस्रो लहरको संक्रमणको त्रास बढेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हिजो आइतबार त्यहाँ १ हजार ६२ जना नयाँ संक्रमित भेटिएका थिए भने अस्ति शनिबार पनि ७५८ जना संक्रमित थपिएका थिए।
जुन महिनापछि एकै दिनमा सबैभन्दा बढी संक्रमितको संख्या थपिएको यो पहिलो पटक हो । बेलायतमा अहिले पनि कतिपय क्षेत्रमा लकडाउन छ ।
