काँग्रेसले नै समावेशीताको प्रारम्भ गरेको हो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले नै समावेशीताको प्रारम्भ गरेको तथा आदिवासी जनजातिको हक र अधिकारका निमित्त सङ्घर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरेका छन ।

काँग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भइसकेको उल्लेख गर्दै उहाँले काँग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्दछ भन्नुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै सभापति देउवाले सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने’ नीतिको अख्तियार पनि काँग्रेसले नै गरेको बताए छन ।
नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीको सांस्कृतिक संरक्षणमा यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले दिवसका अवसरमा आदिवासीको भाषा, संस्कृतिको कदर गर्दै विश्वका समस्त आदिवासीलगायत सबैका बीच विश्व बन्धुत्व एवं आपसी सद्भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

विश्वभरका आदिवासी जनजातिमाथिको राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हननलगायत सबैखाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र सङ्घद्वारा १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस ९अगष्ट ९ का दिन० लाई विश्वभरिका आदिवासी जनताले अन्तरराष्ट्रिय पर्वका रूपमा मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *