काठमाडौं । सामसङले बुधबार भर्चुअल कार्यक्रममार्फत ग्यालेक्सी नोट २० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कोरोनाभाइरसका कारण पहिलो पटक भर्चुअल प्ल्येटफर्ममार्फत कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको हो ।
उक्त भर्चुअल कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी जेड फोल्ड टू, सामसङ ग्यालेक्सी नोट २०, नोट २० अल्ट्रा, ग्यालेक्सी ट्याव एस सेभेन एण्ड एस सेभेन प्लस, ग्यालेक्सी वाच थ्री, सामसङ बड्स लाइभ लगायतका डिभाइस एकै पटक सार्वजनिक गरेको छ । यसका साथै कम्पनीले ग्यालेक्सी नोट २० सिरिजको फाइभजी भेरियन्ट पनि ल्याएको छ ।

सार्वजनिक भएको नयाँ स्मार्टफोन ग्यालेक्सी नोट २० सिरिजमा क्वालकम स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर रहेको छ । कम्पनीले ईनहाउस प्रोसेसर एक्सनोज ९९० भेरियन्टमा पनि उपलब्ध गराएको जनाएको छ ।
ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रामा क्रमशः ६.७ इन्च र ६.९ इन्चको सुपर एमोलेड डिस्प्ले राखिएको छ । डिस्प्लेको सुरक्षाको लागि गोरिल्ला ग्लास भिक्टस प्रयोग गरिएको उल्लेख छ ।
विश्व बजारका लागि सार्वजनिक भएका यी दुवै फोनमा अल्ट्रासोनिक अण्डरडिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ । तीन ओटा क्यामेरा भएको नोट २० अल्ट्रामा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको टेलिफोटो प्लस १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स रहेको छ ।
त्यस्तै ग्यालेक्सी नोट २० मा ६४ मेगापिक्सेलको थ्री एक्स जूमसहितको मुख्य क्यामेरा, १२ मेगापिक्सेल प्लस १२ मेगापिक्सेल प्लस टेलीफोटो र अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ । सेल्फीका लागि दुवै फोनमा १० मेगापिक्सेलको क्यामेरा रहेको छ ।

त्यस्तै ग्यालेक्सी नोट २० मा ४३०० एमएएच र नोट २० अल्ट्रामा ४,५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसमा प्रयोग गरिएको फास्ट चार्जिङ सिस्टमले ग्यालेक्सी नोट २० केबल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने उल्लेख गरिएको छ ।
एस पेनयुक्त ग्यालेक्सी नोट २० फोनको सुरुवाती मूल्य ९५० यूरो (एक लाख ३४ हजार ५०० रुपैयाँ) छ भने नोट २० अल्ट्राको मूल्य १,३०० यूरो (एक लाख ८४ हजार) बाट सुरु छ ।
ग्यालेक्सी जेड टू फाइभजी
:no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_asset/file/21698659/Virtual_Unpacked2020_Lead_main5.jpg)
बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी जेड फोल्डको सक्सेसर डिभाइसको रुपमा ग्यालेक्सी जेड फोल्ड टू फाइभजी सार्वजनिक गरेको छ । ७.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर राखिएको छ ।
ग्यालेक्सी ट्याव एस सेभेन एण्ड एस सभेन प्लस

कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी ट्याव एस सेभेन र एस सेभेन प्लस समेत सार्वजनिक गरेको छ । जसमा क्रमशः ११ र १२.४ इन्चको डिस्प्ले प्रयोग गरिएको छ । साथै यसमा एस पेन पनि उपलब्ध रहेको उल्लेख गरिएको छ ।

यस बाहेक कम्पनीले उक्त कार्यक्रममार्फत ग्यालेक्सी वाच थ्री र ग्यालेक्सी बड्स समेत सार्वजनिक गरेको छ ।
:no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_asset/file/21696399/Galaxy_Buds_Live_Mystic_Bronze_Side_One_In_Case.jpg)