काठमाडौँ । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज निवासी ४५ वर्षीय पुरूषको बिहीबार साँझ मृत्यु भएको हो ।
वीरगञ्जबाट ललितपुरको स्टार अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गत शनिबार पाटन अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेह र मुटुका रोगबाट पीडित उनको उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो ।
