सशस्त्र प्रहरी अस्पतालमा आईसीयू, मोलिकुलर ल्याब विस्तार

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका छन् ।कोभिड–१९ को उपचारको लागि तीब्रगतिमा निर्माण भएको २० शैय्याको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको साउन २१ गते महानिरीक्षक खनालले उद्घाटन गरेका हुन ।

महानिरीक्षक खनालले त्यसअवसरमा नागरिकलाई महामारीको बेला प्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अति नै महत्वपूर्ण रहेको स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा क्रियाशील रहन सो चिकित्सकहरुलाई निर्देशन दिएका छन ।

उनले नेपाल सरकारबाट सो अस्पताललाई कोभिड–१९ रोकथाम तथा उपचारमा डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा उक्त जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पताल सधैं प्रतिवद्ध रहने उल्लेख गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आई.सी.यू. भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको बताए ।

नेपाल एपीएफ अस्पतालका प्रमुख एवम् बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले स्वागत मन्तब्यको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त बजेट तथा नेपाल एपीएफ अस्पतालको नियमित बजेटबाट सो निर्माण सम्पन्न भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *