काठमाडौ । बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको केही बेर अघि मृत्यु भएको छ ।
सर्लाहीको मलंगवा ६५ बर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । निमोनिया र स्क्रवटाइफस भएपछि उपचारकोलागि काठमाडौको मनमोहन अस्पतालमा ल्याइएकोमा सो अस्पतालले ती बृद्धालाई साउन १६ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पताल बलम्वु पठाएको थियो ।
उनको उपचारको क्रममा निधन भएको अस्पतालस्रोतले जानकारी दिएको छ ।
