कोरोनाका २ सय ५९ संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परिक्षण गर्दा उक्त २ सय ५९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।


त्यस्तै २४ घण्टामा ६५ जना संक्रमित निको भएर घर फर्किएका छन । यो सँगै निको हुनेको संख्या १५ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ले जनकारी दिएका छन ।
नेपालमा कोरोनाका सक्रीय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ४ लाख ६ हजार ५ सय ९४ पिसिआर परिक्षण गरिएको छ ।


कोरोनाका कारण हालसम्म नेपालमा ५८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *