काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय १८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन् । याे सँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ ।
अहिलेसम्म भाेजपुर, संखुवासभा, मनाङ र मुस्ताङ गरी ४ जिल्ला काेराेनामुक्त भएका छन् ।
