प्रदेश १ का मुख्य न्यायाधिवक्ता सपरिवार कोरोना संक्रमित

विराटनगर । परिवारका सदस्यसहित प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ । अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताएका छन् ।

विराटनगर–५ स्थायी घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई समेत कोरोना संक्रमण देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिनअघि दुई दिन जति ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरिएको छ ।

आचार्यलाई कहाँबाट संक्रमण भएको भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् । आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *