काठमाडौँ । कोरोना भाइरसको संक्रमणले उग्र रुपमा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा उच्चस्तरीय टोली पठाएकोे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाइएको हो । प्रदेश २ को वीरगन्ज पुगेर टोलीले समन्वयको काम सुरु गरिसकेको पनि डा गौतमले बताए ।
टोलीले प्रदेश २ मा संक्रमित बढी भएको वीरगञ्जबाहेक अन्य सहर तथा क्षेत्रमा पनि समन्वय तथा निर्देशन र सहयोगको काम गर्ने मन्त्रालयले जनाएको छ ।यसैगरी कोरोना बढी प्रभावित अन्य प्रदेशमा पनि उच्चस्तरीय टोली पठाउने तयारी भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।
