१२ वर्षमुनि, ६० वर्षमाथिका नागरिकलाई घरमै बस्न सरकारको अनुरोध

काठमाडौं । सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाको जोखिम बढी हुने भन्दै घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढेको काठमाडौँलगायत बढी संक्रमण देखिएका स्थान वा जिल्ला र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

उनका अनुसार संक्रमणबाट जोगिन व्यक्ति स्वयमले सावधानी अपनाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *