भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

काठमाडौँ । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गर्दै शाहले ट्वीटमा अस्पताल भर्ना भएको बताएका छन् । भारतीय राजनीतिको केन्द्रीय शक्तिको रुपमा उनी चर्चित छन् । उनी सत्तरुढ भारतीय जनता पार्टीमा सबैभन्दा लामो समय अध्यक्ष रहेका थिए ।

उनलाई कोरोनाको लक्षण देखिएपछि आजै परीक्षण गरिएको थियो । शाहले आफ्नाे स्वास्थ्य स्थिर रहेकाे उल्लेख गर्दै ट्वीटमा आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबै मानिसलाई आइसोलेट गर्न र कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *