२४६ कोरोना संक्रमित थपिए, १११ डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । याे सँगै नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या ५ हजार ६ सय ७२ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ११ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन् । याे सँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १४ हजार ६ सय ३ पुगेकाे छ । काराेना संक्रमणबाट निकाे हुनेकाे दर ७१ दशमलव ८ प्रतिशत रहेकाे छ ।

हालसम्म भाेजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङगरी पाँच जिल्ला काेराेनामु्क्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा बीरगञ्जमा एक महिलाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *