आन्ध्रप्रदेशमा स्यानिटाइजर पिउँदा १० को मृत्यु


आन्ध्रप्रदेश। भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।

कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ।
जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए।उनका अनुसार तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए।

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *