दोहाबाट १ सय ५० नेपाली स्वदेश फर्किए

कोरोनाका कारण कतारमा अलपत्र परेका १५० नेपाली आज स्वदेश फर्किएका छन् । आज स्वदेश फर्कनेमा ८ जना महिला र १४२ जना पुरुष छन् ।

तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीले राजदूतावासले तोकेको फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासमा बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाई स्वदेश फर्काइएको हो ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।उक्त चार्टर्ड उडान दोहाबाट भएको २१औं उडान उडान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *