भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको मृत्यु भएको छ ।
उनी कोरोना संक्रमित थिइन् र लखनउको पीजीआईमा उनको उपचार चलिरहेको थियो । जुलाई १८ मा उनी कोरोना संक्रमित भएकी थिइन् । उपचारका लागि पीजीआईमा भर्ना गरिएकी उनी आइतवार त्यहीँ बितेकी हुन् ।
उनको मृत्युमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक प्रकट गरेका छन् ।
