नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्वयसहित शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

छलफलमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी रहेका एक नेताले बताए ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा शीर्ष नेताहरुबीच पटकपटक भएका वार्ता र छलफलमा पनि सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *