USAID

इद घरमै मनाउनूः मुस्लिम आयोग


काठमाडौँ । कोरोना महामारी कारण यसपालिको इद घरमै बसेर मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यही साउन १७ गते परेको मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा घरमै नमाज पढेर मनाउन आग्रह गरेका हुन् ।

‘कोरोाना भाइरसका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविक रूपमा दैनिक मस्जिदमा पाँच टाइमको नमाज, जुम्मा नमाज पाँच जनासम्मले पढ्दै आइरहनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष मियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कस्मिरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *