USAID

थपिए २७४ कोरोना संक्रमित, २२७ डिस्चार्ज


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *