मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले लाखौँ डलर भ्रष्टाचार गरेको ठहर

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक माथि लागेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । करोड डलर भ्रष्टाचार गरेको विभिन्न अभियोगमध्ये पहिलो मुद्दाको फैसलामट उनलाई लागेका सातैवटा आरोपमा अदालतले दोषी ठहर गरेको हो ।

पूर्वप्रधानमन्त्री रजाकमाथि आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू उनी माथि लागेका थिए । यी सबै अभियोग उनले राजनीतिक दाउँपेच भन्दै अस्वीकार गर्दै आएका थिए । तर अखदालतले पहिलो मुद्दाको निर्णय सुनाउँदै उनले पदको दुृरूपयोग गरेको भन्दै दोषी भएको ठहर गरेको हो ।

उनी माथिको मुद्दालाई मलेसियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयास अन्तर्गत महत्त्वपूर्ण घटनाको रूपमा विश्लेषण गरिएको थियो । रजाकलाई मुख्यगरी वनएमडीबी कोष अपचलन तथा भ्रष्टाचारको आरोप लागेको थियो ।

मलेसियामा सन् २००९ देखि २०१८ सम्म उनी प्रधानमन्त्री रहेका थिए । रजाकमाथि सोही समयमा सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिङ्गिट ९झन्डै एक करोड अमेरिकी डलर० सारेको आरोप लागेको थियो । त्यस्तै नेपाली कामदारले मलेसिया जादा तिरेको अतिरिक्त शुल्कको केही रकम उनको खातामा जाने गरेको अभियोग समेत लागेको थियो ।

आफ्नो कार्यकालमा क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी कोष स्थापना गरेका थिए । सन् २०१५ को आरम्भतिर वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो । त्यसै प्रमाणलाई आधार मानेर अदालतले दोषी करार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *