आजबाट भीषण वर्षा, पहाडी र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । दुई दिन देशभर निष्कृय रहेको मनसुनी बायु आजबाट फेरि सक्रिय भएको छ । न्युन चापीय बायु मुलुकको दक्षिणी क्षेत्रमा सक्रिय रहेकाले आजबाट भीषण वर्षा हुने भएकाले पहाडी र तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको छ भने आजबाट ३–४ दिन नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै आजै बिहान ४ बजे मापन गरिएको तथ्यांकअनुसार पछिल्लो ३ घण्टामा चितवन, धादिङ, तनहूँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु‍, रूपन्देही र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *