सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना सङ्क्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिएका हुन ।

प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछुपी भित्रिने गरिएको उल्लेख गर्दै उनले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप कडा गर्नुपर्ने बताए । बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना सङ्क्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिएका छन ।


कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट भएगरेको कामकाजको प्रगतिबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए । सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *