उतर कोरियामा कोरोना भाइरसको पहिलो संक्रमण , देशभरी उच्च सतर्कता

प्योङ्योङ्ग । उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको छ । त्यस संक्रमणले उच्च सतर्कता अपनाएको जनाइएको छ ।

सरकारी समाचार संस्था केसिएनएले भनेको छ, “केसङ शहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो । जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए ।”

त्यसपछि नेता किम जङ अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी आदेस जारी गरेका छन् । उत्तर कोरियामा कोरोनाभाइरस आउन नदिन “सफल” भएको किम जङ अनको दाबी गर्दै उनले देशभित्र विदेशीलाई हिँड्‍डुलमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेका छन् ।

सूचना गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोभिड–१९ का कुनै घटनाहरू नभएको बताएको थियो । तर विश्लेषकहरू त्यस्तो सम्भव नहुने बताउँछन् ।

शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न ुउच्चतम आपत्‌कालीन प्रणालीु लागु गर्न आदेश दिएका थिए। निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ । र, त्यसमा जिम्मेवार व्यक्तिहरूलाई ुनिकै कडा सजायु दिइने चेतावनी किमले दिइएका छन् । विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो ।

यो महिनाको सुरुमा किमले कोभिड–१९ सँग जुझ्ने मामिलामा आफ्नो देशले ुप्रशंसायोग्य सफलताु हासिल गरेको दाबी गरेको सरकारी संचार माध्यमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *