पूर्व डिआईजी कोइरालाबिरुद्धको सुनुवाई आज हुँदै

काठमाडौ । श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व सशस्त्र प्रहरी नायव महानिरीक् रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ ।
पूर्वडिआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको फेला परेपछि काठमाडौँ जिल्ला अदालत र तत्कालिन ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदन आज तीन जना न्यायाधीशले सुनुवाई गर्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *