काठमाडौँ । नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३ सय ८५ पुगेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ५३ पुगेको छ । डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १८ हजार १ सय ८३ रहेको छ ।
हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।