प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेक सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शनमा आएका प्रदर्शनकारिले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै विरोध जनाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *