वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ । अस्पतालका कोओर्डिनेटर डा उदयनारायण सिंहले उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको जानकारी दिएका छन् ।
उनी मुटु रोगबाट पीडित थिइन् । केही दिनअघि निमोनिया भएर वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी उनलाई साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
याेसँग नेपालमा काेरानाबाट मृत्यु हुनेकाे संख्या ४४ पुगेकाे छ ।