भैसी बचाउन जाँदा ज्यान गयो

धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका ६ रानीबारी कार्की गाउँमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।

गोठमा बाँधिएको भैसी फुकाउन जाँदा पहिरोले गोठमा पहिरोले पुर्दा सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

रातीको समयमा गोठमाथिबाट पहिरो झर्न लागेपछि भैसी फुकाउँन जाँदा गोठमा पहिरोले थिचेर पन्तको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैसी, एउटा बाख्रा समेत मरेको स्थानीय हरी थापाले बताउनुभएको छ। योसहित जिल्ला भर मृत्युहनेको सख्या ५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *