वेलिंगटन । आफना एक कर्मचारीसँग अवैध यौन सम्बन्ध राख्ने आप्रवास मन्त्रीलाई हटाएको न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले बताएकी छिन् ।
आप्रवास मन्त्री इयान लिस गेलोवेको एक महिलासँग करिब एक बर्षसम्म प्रेम सम्बन्ध रहेको बताइएको छ । ती महिला उनको मातहतमा रहेको एजेन्सी मध्यको एकमा काम गर्थिन् । पछि ती महिलालाई मन्त्री लिस गेलोवेको कार्यालयमा नियुक्त गरिएको थियो । ४१ बर्षिय गेलोवेले आफुलाई अर्डर्नको फैसला स्विकार भएको र आफ्नो उक्त कृत्यका लागि माफी पनि मागेको बताए । आगामी सेप्टेम्बरमा हुन गइरहेको चुनावमा पनि आफु नउठ्ने उनले बताए । गेलोवेले विज्ञप्तीमा भने ( मैले आफनो पदमा रहँदा पुरै अनुचित तरिकाले काम गरेँ । अब म मन्त्री पदमा रहन सक्दिन ।
एक दिन अघिमात्रै विपक्षका सांसद एन्ड्र्यु फेलोनले कयौं महिलाका अस्लिल तस्वीर पठाएपछि आकस्मिक रुपमा राजिनामा दिएका थिए । फेलोनले उक्त आरोपलाई लिएर कुनै टिप्पणी गरेका छैनन तर उनले आफनो गल्तीका लागि माफी मागेका छन् ।
प्रधानमन्त्री अर्डर्नले आफुलाई यस विषयमा मंगलबार मात्र जानकारी भएको त्यसपछि आफुले गेलोवसँग सोधपुछ गरेको बताइन् । उनको यस कृयाकलापले गर्दा अन्तत आफु उनलाई मन्त्री पदबाट हटाउन बाध्य भएको उनले बताइन ।
अवैध यौन सम्बन्ध राख्ने मन्त्री बर्खास्त
