वाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौ । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन ।

प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन । यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रमुख प्रसाईद्वारा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *