अमेरिकामा एक दिनमा ६४ हजार मानिस कोरोना भाइरसबाट संक्रमित

न्युर्योक । अमेरिकामा एकै दिनमा ६४ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन । जोन्स हप्किन्स बिश्व बिद्यालयका अनुसार ६४ हजार ५ सय ३४ जना नयाँ कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख गरेको छ ।

बिगत दुई हप्ताको अवधिमा पहिलो पटक २४ घन्टामा १ हजार ८२ जनाको मृत्यु भएको जनाएको छ । हाल सम्म १ लाख ४४ हजारको मृत्यु र ३९ लाख मानिसहरु संक्रमित भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारी झन् खराब हुँदै गएको बताएका छन ।

अमेरिकामा गत सोमबार एकै दिनमा ५६ हजार कोरोनाबाट संक्रमित भएका थिए भने संक्रमितको संख्या घट्दो अवस्थामा रहेकोथियो । तर मंगलबार पुन १० हजार को संख्यामा संक्रमितको संख्यामा वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *