जनकपुरमा पेस्तोल देखाएर ४ लाख लुटियो

जनकपुर । पेस्तोल देखाएर धनुषामा ३ लाख ७६ हजार लुटिएको लुटिएको छ। धनुषाको कमला नगरपालिका. २ का धिरजकुमार अधिकारीको साथबाट उक्त रकम लुटिएको हाे ।

बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अधिकारीको पैसा लुटिएको पुष्टि गरेको छ । घटनामा संलग्न भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *