तीन वटा विधेयक पारित

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ । पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

शून्य समयमा प्रदेशसभा सदस्य खिनु लाम्वा लिम्बूले ब्रिटिश र भारतबाट अवकाश प्रकाश गोर्खा सैनिकको नेपाल सरकारले असार १७ गतेको निर्णयअनुसार सामाजिक सुरक्षाभत्ता काटेकाले सङ्घीय सरकारले सो निर्णय सच्याउन सभामुख प्रदीपकुमार भण्डारीमार्फत अपिल गरे । सदस्य जयराम यादवले कृषिप्रधान भनिएको हाम्रो देशमा अहिले रासायनिक मलको अभाव भई किसान मर्माहत बनिरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने माग गरे । सदस्य सञ्जाकुमारी दनुवारले प्रत्यक्षरुपमा बिरामीको सेवा गर्ने नर्सको तलब कोरोनाका समयमा काटिएकाले उनीहरुले पाउने पारिश्रमिक दिन प्रदेश सरकारसँग माग गरिन् । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *