त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु भएको छ । नेपालमा काेराेनाबाट मृत्यु हुने उनी पहिलाे विदेशी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उनकाे मृत्युकाे पुष्टि गरेकाे छ । परिचितहरूका अनुसार उनी पाेखरामा व्यापार गर्थिन् ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा रोहित पोखरेलले अस्पतालमा उपचाररत ४८ वर्षीय चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । काठमाडौँ कै धापासीस्थित ग्राण्डी अस्पतालबाट हिजो त्रिवि शिक्षण अस्पतालमा उनलाई रेफर गरिएको थियो । ग्राण्डी अस्पतालमा नै कोरोना पुष्टि भएर टिचिङ अस्पतालमा रेफर भएकी उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा पोखरेलका अनुसार ती महिला मुटु रोगबाट पनि पीडित थिइन् । उनको शव शिक्षण अस्पतालमै राखिएको र दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ ।

यद्यपि विदेशी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *