हामीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएका छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले लिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा सन्देश दिदैँ देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको सरकारले लिएको दोहोर्‍याएका हुन् ।

ट्विटमार्फत् दिएकाे संदेशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *