भदौ १ गतेबाट नेपालका आन्तरिक, बाह्य हवाई सेवा सञ्चालन हुने

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ । आज साँझ बालुवाटारमा सम्पन्न मन्त्रिपरिषदकाे बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

अब नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी प्रोटेकल बनाउनेछ र त्यसअनुसार भदौ १ बाट सेवा सुरु हुनेछ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *