काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका १८६ संक्रमित थपिएका छन ।
देशभरका २७ प्रयोगशालाबाट ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीसहित मुलुकभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।
विगत २४ घण्टामा विभिन्न १७३ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै निको भएर घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
नेपालमा हालसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भएको छ ।
