अबिरल बर्षापछि राजधानीमा पहिरो एकको मृत्यु

काठमाडौं । अबिरल बर्षाका कारण काठमाडौंमा पहिरोबाट एक युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८मा गएराति गएको पहिरोमा परी २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो क्षेत्रमा अहिले पनि पहिरो जाने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *