पर्सा । नेपालमा अयोध्या रहेको दावी गरेपछि पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला भेटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने जानकारी गराएपछि सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो ।
प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।
प्रहरी निरीक्षक दाहालले भने, ‘ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए ।अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो ।’ भारतीय सीमा सुरक्षाबल (एसएसबी) का इन्सपेक्टर समेत सो क्षेत्रमा खटिएका थिए । ’पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं’, दाहालले जानकारी दिए ।
अहिले सीमा स्तम्भ उखेखिएको जानकारी पाएपछि स्थानीय बिहानै देखि त्यहाँ भेला भएका छन ।