माधव नेपाललाई पार्टी अध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौं । पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा पर्नुभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठााएको स्रोतको दावी छ ।
पूर्व एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएपछि ओलीले भावी अध्यक्षको रुपमा नेपाललाई प्रस्ताव गरेको नेपाल निकट एक स्थायी समिति सदस्यले बताए ।

पार्टी एकीकरणपछि ओलीलाई साथ दिनुभएका नेपाल पार्टी एकीकरणको क्रममा ओली निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको, सरकारमा मन्त्री छनोटमा परामर्श नै नगरी अगाडि बढाएको छ, प्रदेशका मन्त्री छनोटमा परामर्श नगरी पेलेर अगाडि बढेको भन्दै असन्तुष्ट रहनुभएको छ । प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँडमा ओलीले आफू निकट नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि एक पद एक जिम्मेवारी हुनु पर्ने भन्दै सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेपछि ओली–नेपालको सम्बन्ध विग्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *