मानिसको जस्तो दाँत भएको अनौठो माछा

क्वालालम्पुर । मलेसियामा एक जना पर्यटकले तालमा फिसिंग रडको मद्धतले समातेको माछाको दाँत पुरै मानिसको जस्तो भेटिएको छ ।


यो अनौठो माछा अनलाइनमा भाइरल भएको छ । यसका तल र माथिका दन्त लहर हुबहु मानिसकै जस्ता छन् । यसका तस्वीर ट्विटरमा हजारौ। पटक सेयर भएको छ । मान्छेको जस्तै आँखा , नाक र मुख भएको पहिलो पटक कार्प प्रजातिको माछा भेटिएको हो ।


ट्विटरमा थुप्रै युजरले पत्याउनै नसकिने भन्दै प्रतिक्रिया जनाएका छन् । युजरहरुले रमाइलोका लागि यस माछाका आँखामा फोटोसपबाट नक्कली आँखीभौ जोडेर पनि सेयर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *