बिहीबार १६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ३४४ पुग्याे

काठमाडाैँ । बिहीबार १ सय ६७ जना काेराेना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहीबार थप १ सय ६७ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २ सय १३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २ सय ४९ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३९ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *