गुगलले भारतमा लगानी गर्ने

नयाँदिल्ली । गुगलको भातृ कम्पनी अल्फाबेट इन्कका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले गुगलले आगामी पाँच देखि सात वर्षभित्र भारतमा १० अर्व अमेरिकी डलर लगानी गर्न लागेको जानकारी दिएका छन् ।
पिचाइले भनेका छन् यो लगानी भारतका लागि उत्पादन र सेवा निर्माण गर्न , व्यापारलाई डिजिटलयुक्त र प्रविधिलाई सामाजिक हितकर कार्यमा प्रयोग गरिने छ । यो हाम्रो भारत र यसको डिजिटल अर्थतन्त्रमा आत्मविश्वासको प्रतिविम्व हो । ५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा पक्कै पनि गुगलको ठुलो बजारको संभावना छ । ’
यो लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ । पिचाइले भारतको चारवटा क्षेत्रमा डिजिटल पूर्वाधार उकास्न सो रकम खर्च गरिने बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द« मोदीको डिजिटल इन्डिया प्रोजेक्टबारे पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *