काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँध भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् । खोलामा बगेर बेपत्ता भएका उनीहरुको खोजीकार्य जारी रहे पनि हालसम्म फेला परेका छैनन् ।
यस्तै घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भत्किन पुगेको थियो । सो क्रममा एउटा गाडीसमेत पानीले बगाएको छ ।
