तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।
अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोले पुरिएर ऋषिङ(८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिसरा थापा, ५ वर्कोषीया अनिषा थापाको शव भेटिएको बताइएको छ ।
पहिरोले पुरिदा व्यास नगरपालिका(९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतीमाया घर्तीको पनि मृत्यु भएको छ । पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे गाउँपालिका(६ बेलौतीडाँडाका १७ वर्षीया लक्ष्मी विकको पनि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परि व्यास(९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।