सुवेदी दम्पती हत्यारा १५ वर्षपछि पक्राउ

काठमाडौ । १४ वर्षअघि सितापाईलमा भएको दम्पती हत्या काण्डका अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याई सार्वजनिक गरेको छ । तत्कालीन सितापाईला गाविस ४ मा कान्तिपुर सःमिलका संचालक मोरङ डांगीहाटका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई सोही मिलमा काम गर्ने जयकिशोर साह र प्रताप रानाले खुकुरी प्रहार गरी फरार रहेका थिए ।

सुवेदी दम्पतीको हत्यापछि फरार रहेका उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ । दम्पती हत्यापछि फरार रहेका साह र राना २ वर्ष भारतको लखनउमा बसेका थिए । दुई बर्षपछि राना त्यहाँबाट बाहिर गएपछि साह भने जय शर्माको नामबाट भारतीय आधार कार्ड लिएर काम गर्दै आएका थिए ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो स्थापना भएदेखि नै उक्त घटनाको बारेमा चासो राख्दै आएको प्रहरीले उक्त घटनामा परी गम्भिर घाईते भएका बिलभ सुवेदीसँग निरन्तर सम्पर्कमा रहदैँ आएको थियो । सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाको आधारमा भारतीय प्रहरीसँगको समन्वयमा सुराकी परिचालन गरी साहलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । अर्का अभियुक्त रानालाई पनि प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *