काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार देशभर १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै हालसम्म कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २ सय ९४ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ । हालसम्म ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।