काठमाडौं । युवा नेता जेकेन्द्र श्रेष्ठ र मानुषी यामी भट्टराई यामीलाई पुत्र लाभ भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुभलाभ भएको जानकारी दिएका हुन् ।
नेता भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गरेर नाती उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन् ।
‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना !मानुषी–जेकेन्द्रलाई वधाई’, उनले भनेका छन् ।
नेता जेकेन्द्रले पनि फेसबुकमा भनेका छन्, ‘भूतलमा स्वागत छ प्रिय पुत्र !’
