अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चितवनका चार वरिष्ठ चिकित्सक पक्राउ

चितवन । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा चितवनमा चार वरिष्ठ चिकित्सक पक्राउ परेका छन् । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा डा राकेश बर्मा, प्रा डा बालकृष्ण कालाखेती, डा किरण अधिकारी र डा सुप्रभात श्रेष्ठ छन् ।

डा सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् । चार चिकित्सकसँगै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् । नेपाल प्रहरीकाे मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ रहेकाे बताइएकाे छ ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *