काठमाडाैँकाे केएमसी अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीको मृत्यु

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । हिजाे शुक्रबार उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *